FAQs Complain Problems

चैनपुर बजार

Read More

चैनपुरे करुवा

Read More

पोखरी बजार

Read More

नगर प्रमुख कृष्ण कुमार तामाङद्वारा ११ औं आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रसतुत हुँदै ।

Read More

आठौं नगरसभा समापन कार्यक्रम । मिति २०७८/०३/२६

Read More

११ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै ।

Read More

संक्षिप्त परिचय

"चन्द्रपुर"  धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिएको, साविक गौंडा तथा सदरमुकाम रहेको, संखुवासभा जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित यस चैनपुर नगरपालिकाको पूर्वमा ताप्लेजुंग र तेह्रथुम जिल्ला, दक्षिण धर्मदेवी र मादी नगरपालिका, पश्चिममा भोजपुर जिल्ला र खाँदबारी नगरपालिका र उत्तरमा पाँचखपन नगरपालिका पर्दछन् ।

संखुवासभा जिल्लाका नगरपालिकाहरु मध्ये भूगोलका हिसाबमा सबैभन्दा ठुलो २२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँआखाँ पतन भएको पवित्र स्थलको रुपमा परिचित चैनपुरको सिद्धकाली मन्दिर, विश्वकै ठुलो प्राकृतिक शिवलिंग रहेको वालेश्वर गुफा, प्राकृतिक तथा धार्मिक स्थलहरु, वानेश्वर डाँडा तथा वानेश्वर मन्दिर लगायतको महत्वपुर्ण मठमन्दिरहरु, प्राकृतिक सुन्दरताले भरिपुर्ण गुफापोखरी, भिरेश्वर गुफा, तातोपानी जस्ता प्राकृतिक धार्मिक एवं रमणीय स्थलहरु चैनपुरको गरिमा हुन् ।

साविकको पाँच गा.वि.स. सिध्दकाली, सिध्दपोखरी, चैनपुर, वानेश्वर र खरांग समेटिएर स्थापना भएको यस चैनपुर नगरपालिकामा २०७३ फागुनमा स्थानीय तहको संरचना घोषणा गर्दा नुनढाकी समेत समेटेको छ । उष्ण प्रदेशीयदेखि शितोष्ण प्रदेशसम्मको जलवायु तथा हावापानीको विविधतासंगै यस क्षेत्रमा जैविक तथा पर्यावरणीय विविधतामा धनी रहेको छ ।

११ वडामा विभाजित २०६८ को राष्ट्रिय जनगणना वमोजिम २८,०७४ जनसंख्या तथा ५,९३९ घरधुरीभित्र नेवार, राई, लिम्बु, तामांग, क्षेत्र, ब्राह्मण, कामी, दमाई, सार्की, भुजेल, शेर्पा, मगर, घर्ती, जोगी आदि विभिन्न जातिका मानिसहरुको वसोवास रहेको यस क्षेत्रमा हिन्दु, बौद्ध, किराँत, क्रिश्चियन आदि धर्मावलम्बीहरु रहेका छन् । दशैं, तिहार, बुद्धजयन्ती, ल्होसार, उधौली, उभौली, तीज, बालाचतुर्दशी माघे तथा साउने सक्रान्ति, कृष्णजन्म अष्टमी, गाईजात्रा, हिलेजात्रा, रामनवमी आदि पर्वहरु विशेषरुपमा मनाइने गरिन्छ ।

चैनपुर बजार, १ नं प्रदेश पुरानो र ऐतिहासिक महत्व बोकेको यस नगरपालिका भित्र चैनपुर, पोखरी, तथा खरांग यी तीनवटा स्थानहरू महत्वपूर्ण बजारको रुपमा रहेका छन् जहाँबाट यस क्षेत्रको समग्र व्यापार व्यवसायहरु संचालित छ।

यहाँका व्यवसायीले बनाएका वस्तुहरु मध्ये धातुको करुवा, चैनपुरको पर्याय बनिसकेको छ। ऐतिहासिक कालमा किराँतहरुको शासन रहेको यस स्थानलाई सो बेलामा गोलाबजार भनिने गरिएको पाइन्छ | नेपाल एकीकरण पश्चात पूर्व ६नं भनी चिनिने यस स्थानलाई सो वेलामा गोलाबजार भनिने गरिएको पाइन्छ। नेपाल-भोटबीचको अन्तिम युध्द यसै गढीबाट टिस्टासम्म पुगी लडेको इतिहास पाइन्छ । काठमाडौंबाट दूरी नाप गरी राखिएको कोशढुंगाले पनि यस ठाउँको प्रशासनिक, पुरातात्विक र ऐतिहासिक महत्व उजागर गरेको   छ |

जनमत

चैनपुर नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधा तपाइलाई कस्तो लागेको छ ?

पदाधिकारी/कर्मचारी

कृष्ण कुमार तामाङ
नगर प्रमुख
9842106730
एलिना श्रेष्ठ
उप– प्रमुख
9842229288
सन्तोष श्रेष्ठ
प्रमुख प्रशासकिय अधिकृत
9852077111
दिपेन्द्र चौलागाई
लेखापाल
9860125632
सुशील खड्का
प्रशासकीय अधिकृत/ गुनासो सुन्‍ने अधिकारी
9843361138
उमेश दाहाल
सूचना प्रविधि अधिकृत
9852051131

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१. सम्पूण तथ्य खुलेको निवेदन

२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. मृत्यु भएको भए मृतकको मृत्यु दर्ता प्रमाणको प्रतिलिपि

४. जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

५. मृतक र निवेदक विचको नाताप्रमाणित प्रमाणपत्रको प्रतिलिपि

६. एकभन्दा बढी हकवाला भएमा मन्जुरीनामा

७. सर्जमिन मुचुल्का गरी बुझनु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

८. चालु आ.ब सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१. निवेदन(बाटोको नाम, टोल समेत खुलाउने)

२. नागरिकता प्रमाणपत्रको प्रतिलिलप

३. जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिलप

४. जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

५. चालु आ.व. सम्मको मालपोत तथा एकिकृत सम्पत्ति कर निर्धारण स्विकृत भएको कागजात

६‍. स्थलगत निरीक्षण प्रतिबेदन

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरून्त
जिम्मेवार अधिकारीः- दर्ता चलानी तथा सोधपुछ इकाई
सेवा दिने कार्यालयः- वडा कार्यालय / नगरपालिकाको कार्यालय
सेवा शुल्कः- सेवा शुल्क लाग्ने कागजात भए तोकिएको शुल्क तिरेको रसिद स‌लग्न गरेपछि
आवश्यक कागजातहरुः-

कार्यालय प्रमुखको दस्तखत भएपछि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व प्रशासन शाखा/ वडा सचिब
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय ( राजस्व नीति तथा प्रशासन उपशाखा)/ वडा कार्यालय
सेवा शुल्कः- आर्थिक एन २०७४ अनुशार
आवश्यक कागजातहरुः-

१. व्यवसायिक इजाजत पत्र प्राप्त गर्नका लागि सम्पूर्ण व्यहोरा खुलेको निवेदन

२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३. वहालमा लिई व्यवसाय गरेको/गर्ने भए घर वहालको सम्झाैता पत्र

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व प्रशासन शाखा/ वडा सचिब
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय ( राजस्व नीति तथा प्रशासन उपशाखा)/ वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यवसायीको निवेदन

२. गत आ.ब. सम्मको कर चुस्ता रसिद

३. सम्बन्धित वडा अध्यक्षको सिफारिस

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व प्रशासन शाखा/ वडा सचिब
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय ( राजस्व नीति तथा प्रशासन उपशाखा)/ वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१. साविक र हाल कायम हुने प्रोप्राईटर दुवैको सयुक्त हस्ताक्षर भएको प्रतिलिलप

२. सयुक्त कर चुक्ता भएको रसिद

३.सम्बन्धित वडा सचिवको सिफारिस

४. नामसारी भई जाने व्यवसायीको नागरीकता प्रमाण पत्रको प्रतिलिपि

५. दुई प्रती पासपोट साइजको फोटो

Pages

जानकारी